उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ताको वातावरण सिर्जना गर्न किम जोङ ऊनको निर्देशन

ram naam satya

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनले हिजो फेब्रुअरी बाह्र तारिख दक्षिण कोरियाको भ्रमणबाट फर्किएका उच्च स्तरीय प्रतिनिधिमण्डलको प्रतिवेदन सुन्नेर उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ताको वातावरण सिर्जना तथा प्राप्त उपलब्धिको रक्षा गर्ने बताउनुभयो।

उत्तर कोरियाली केन्द्रीय समाचार समितिका अनुसार, किम जोङ ऊनलाई प्रतिनिधिमण्डलको प्रतिवेदनबारे निकै सन्तुष्ट लागेको छ। किम जोङ ऊनले दक्षिण कोरियाली प्रतिनिधिमण्डललगायत हिउँदे ओलम्पिक खेलकुदमा सहभागी उत्तर कोरियाली व्यक्तिमाथि निकै ध्यान दिएर उत्तर कोरियालीलाई सकेसम्म सुविधा दिएबाट आफूलाई निकै गहिरो प्रभाव परेको भन्दै त्यसका लागि धन्यवाद ज्ञापन गर्न चाहेको बताउनुभयो।

किम जोङ ऊनले यसै हिउँदे ओलम्पिक खेलकुदको सुअवसरमा उत्तर कोरिया र दक्षिण कोरियाबीच वार्ता गर्ने वातावरण सिर्जना भएर असल उपलब्धिको रक्षा गर्नुपर्ने दोहोर्‍याउनुभयो। उहाँले भविष्यमा उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्धको विकासमा ठोस नीति चलाउन सम्बन्धित विभागलाई आग्रह पनि गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *