उत्तर कोरिया र दक्षिण कोरियाबीच शीर्ष सम्मेलनबारे सहमति

ram naam satya

उत्तर कोरियाको केन्द्रिय समाचार समितिका अनुसार, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनले पाँच तारिख त्यहाँको भ्रमणमा रहेको दक्षिण कोरियाली विशेषदूत मण्डलसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा दुई पक्षले उत्तर कोरिया र दक्षिण कोरियाबीचको शीर्ष सम्मेलनबारे वैचारिक आदान-प्रदान गर्नुका साथै सहमति हासिल गरेका छन्।

प्राप्त समाचार अनुसार, किम जोङ ऊनले दक्षिण कोरियाका विशेषदूतबाट दुई पक्षबीचको शीर्ष वार्तासम्बन्धी दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनको इच्छा सुनेपछि दक्षिण कोरियाली पक्षसँग वैचारिक आदान-प्रदान गर्नुका साथै सहमति जनाउनुभएको थियो। उहाँले त्यससम्बन्धी व्यवहारिक कदम छिटै चाल्नका लागि सम्बन्धित विभागलाई निर्देशन दिनुभएको छ।

किम जोङ ऊनले उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध विकासलाई अघि बढाएर मातृभूमि एकीकरणको नयाँ इतिहास बनाउनुपर्नेमा धारणा उत्तर कोरियाको रहेको सुनाउँदै यो नै आफ्नो दृढ इच्छा भएको पनि दोहोर्‍याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *