उत्तर कोरिया र अमेरिकाबीचको तेस्रो शिखर वार्ताप्रति उत्तर कोरियाको प्रतिक्रिया

ram naam satya

उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषद्का प्रमुख किम जोङ उनले बाह्र तारिख जनाएअनुसार यदि अमेरिकाले उचित धारणा लिँदै उत्तर कोरियाद्वारा स्वीकृत गर्नसकिने उपाय खोजेर तेस्रो उत्तर कोरिया-अमेरिका शिखर वार्ताको आयोजना गरेमा उत्तर कोरियाले भाग लिन प्रयास गर्नेछ।

14औं सर्वोच्च जनसम्मेलनको पहिलो बैठकमा किमले भाषण गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले जोड दिनुभएअनुसार अमेरिकाले धेरै पटक तेस्रो उत्तर कोरिया-अमेरिका शिखर वार्ताको आयोजना गर्ने बताएको छ। तर पनि उत्तर कोरियाले हनोई वार्तालाई दोहोर्‍याउने जस्तो शिखर वार्ताको स्वागत गर्ने कुनै रुचि नरहेको पनि प्रष्ट पारेको छ।

उत्तर कोरिया र अमेरिकाबीच गहन द्वन्द विचाराधीन रहेको आधारमा आपसी संयुक्त वक्तव्यलाई व्यवहारमा उतार्नका लागि यी दुवै पक्षले एकपक्षीय माग परित्याग गर्दै दुबै पक्ष अनुकूल रचनात्मक समाधान खोज्नुपर्ने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *