उत्तर कोरियासँगको आणविक अस्त्ररहित वार्तालाई निरन्तरता दिने अमेरिकी चाहना

ram naam satya

अमेरिकाले उत्तर कोरियासँग कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित बनाउने वार्तालाई निरन्तरता दिने प्रयास गर्दै जानेछ। हिजो अप्रिल १९ तारिख अमेरिकी विदेश मन्त्री, कार्यकारी रक्षा मन्त्री र जापानका विदेश मन्त्री तथा जापानका रक्षा मन्त्रीले वासिङ्टनमा आयोजित सुरक्षा छलफल समिति सम्मेलनमा भाग लिनुभएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उक्त जानकारी दिनुभएको हो।

जापानी विदेश मन्त्री तारो कोनोले जापानी प्रधानमन्त्री सिन्चो आब्बेले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग जापानी बन्दी लगायतका विषयबारे वार्ता गर्ने इच्छा व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *