उत्तर कोरियालाई फेरि “आतंकवादी देश”को सूचिमा राख्ने अमेरिकाको घोषणा

ram naam satya
(GMT+08:00) 2017-11-21 17:36:42

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो नोभेम्बर बीस तारिख उत्तर कोरियालाई “आतंकबादी मुलुक”को सूचिमा फेरि एक पटक राख्न आह्वान गर्नुभयो। विश्लेषकहरूका अनुसार, यो कुराबाट अमेरिका र उत्तर कोरिया बीचको तनाव अझ बढाउने छ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरिया यो सूचिमा फेरि समावेश भएमा अमेरिकी अर्थ मन्त्रालयले उत्तर कोरियालाई झन् कडा नाकाबन्दी लगाउने घोषणा पनि गर्नुभयो।

अमेरिकाले गत शताब्दीको अन्ततिर उत्तर कोरियालाई “आतंकवादी देश” को सूचिमा राखेको थियो। सन् 2008 को अक्टोबरमा बुश सरकारले उत्तर कोरियालाई उक्त सूचिबाट हटाएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *