

हाल चीनको रेल विज्ञान तथा प्रविधि उपलब्धि प्रदर्शनी पैचिङमा जारी छ। उक्त प्रदर्शनीमा विभिन्न रङ्गका उच्च गति रेलहरू प्रदर्शन गरिएका छन्। उक्त प्रदर्शनीमा राखिएको हरियो रेलको गति प्रति घण्टा १६० किलोमिटर छ।
यस किसिमको रेल चालू वर्षको जनवरीबाट औपचारिक रुपमा सञ्चालन भएको छ। हिउँदे ओलम्पिक खेलकुदको अवसरमा बरफ जमेको मार्गमा समेत सञ्चालन गर्नसकिने यस रेलको विशेषता छ। पहेँलो रेल भने एउटा निरीक्षण गर्ने रेल हो।



