उच्चगतिको इन्टरनेटका लागि तार बिछ्याउने तयारी

ram naam satya

देशैभर उच्चगतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन जेठदेखि यसको औपचारिक सुरुवात गर्ने तयारी गरिएको छ। फाइबर बिछ्याउन आवश्यक सबै प्रक्रिया र सम्झौता पूरा भइसकेको नेपाल टेलिकमले जनाएको छ।

सम्भवतः जेठको पहिलो हप्तादेखि धादिङको गल्छी अथवा सो आसपास क्षेत्रबाट फाइबर बिछ्याउने कामको शिलान्यास हुने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो।

टेलिकमले धादिङको आरुघाटदेखि पाँचथरको मध्यपहाडी लोकमार्गहुँदै पाँचथरको चिवा भञ्ज्याङसम्म फाइबर बिछ्याइनेछ।

नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौताअनुसार टेलिकमले मध्यपहाडी लोकमार्गहुँदै प्रदेश १, २ र ३ का हरेक जिल्लाका सदरमुकामसम्म दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनुपर्ने छ। फाइबर बिछ्याउने काम बढीमा १८ महिनामा पूरा हुने टेलिकमका प्रबन्ध निर्देशक जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले फाइबर बिछ्याउने कामको औपचारिक उद्घाटन गर्ने अहिलेसम्मको कार्यक्रम छ।

मध्यपहाडी लोकमार्गलाई आधार मानेर सबै जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबर बिछ्याउन प्राधिकरणले तीनओटा चरणमा काम अघि बढाएको थियो।

गोरखापत्र अनलाइनका अनुसार देशैभर अप्टिकल फाइबर बिच्छ्याउन प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको करिब नौ अर्ब रुपियाँ खर्च गर्दैछ। त्यसमध्ये नेपाल टेलिकमसँग तीनओटा प्रदेशमा फाइबर बिच्छ्याउन २०७३ असोज १२ गते चार अर्ब ८८ करोड रुपियाँको सम्झौता भएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *