ई-वाणिज्यमार्फत गरिबी निवारण

ram naam satya
(GMT+08:00) 2017-12-07 17:58:11

विकासका लागि बाटो अपरिहार्य छ नै साथै आजको सूचना तथा प्रविधिको युगमा ईन्टरनेटलाई विकाससँगै जोड्नसके यसले झनै उल्लेखनीय सफलता प्राप्त गर्नसक्छ।

चीन सरकारले सन् २०१२ देखि नै गरिबी निवारणका अनेकन् कदममा गाउँगाउँमा ईन्टरनेट पुर्याउने लक्ष्य पनि राखेको थियो।

हाल क्वाङतोङको छिंग यूआन क्षेत्रअन्तर्गतका जिल्लाका गाउँ तथा यहाँका कृषकहरू यसैको नौलो उदाहरण बनेका छन्।

हालै सीआरआईको एक पत्रकार टोलीले छिङयूआन क्षेत्रका ल्यानचौ, ल्यानसान, याँगसान, यिंगद र फोकाङ जिल्लाका गाउँहरूको गरिबी निवारणमा भएका पहलहरूको अवलोकन गरेको छ। जहाँ छिंग यूआन क्षेत्रका विभिन्न गाउँहरूमा कृषकहरूले ई-वाणिज्यमार्फत आफ्ना उत्पादनहरू बेच्न थालेका छन्। सिधा अनलाईन स्टोरसँग सम्पर्क रहेपछि कृषकहरूको आमदानी सय गुनाले बढेको छ।

यस बाट गरीब कृषक तथा गाउँको गरिबी निवारणमा उल्लेख्य सफलता प्राप्त गरेको छ।साथै चिनियाँ गाउँ पनि डिजिटल इकोनोमीमा प्रवेश गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *