इलाममा एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा

ram naam satya

इलाममा एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा

(GMT+08:00) 2017-11-11 14:46:32

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा इलाम जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्। सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया शुरू गरी भदौ १ गतेबाट सेवा दिन शुरू गरेको गोरखापत्र अनलाइनले लेखेको छ। स्वास्थ्य बीमा गराउने २१ हजार २६४ जनामध्ये १४ हजार ८६४ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिएको सामाजिक सुरक्षा विकास समितिका दर्ता अधिकारी खेमराज अधिकारीले जानकारी दिनुभयो।

बिमितमध्ये दुई हजार ९३७ जनाले झापा र १२० जनाले काठमाडौँबाट र ११ हजार ८०० जनाले जिल्लाकै प्रास्वाके, इलाम अस्पतालबाट सेवा लिएका छन्। सरकारले २०७२ चैत २५ गतेबाट नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच तथा आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनी पहिलो चरणमा बागलुङ र दोस्रो चरणमा इलाममा स्वास्थ्य बीमा सञ्चालन गरेको अधिकारीले बताउनुभयो।

जिल्लाका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङ गरी चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, मेची अञ्चल अस्पताल चन्द्रगढी, आम्दा अस्पताल दमक र मेची आँखा अस्पताल बिर्ताबजार प्रथम सेवा बिन्दुका रूपमा छन्। झापाको बिएन्डसी अस्पताल, कोशी अञ्चल अस्पताल र काठमाडौँका विभिन्न अस्पताल रिफरल अस्पतालका रूपमा राखी सेवा प्रदान गरिँदै आएको छ। विमितहरूको सेवा प्रारम्भ भएको एक वर्ष पुगेपछि पुनः बीमाबापतको रकम तिरेर नवीकरण गर्नुपर्ने अधिकारीले बताउनुभयो। इलाममा ५२ जना दर्ता सहयोगी नियुक्ति गरेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

स्वास्थ्य बिमा गराउनेमध्ये अधिकांश दीर्घ रोगीका बिरामी बढी देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ। जसमध्ये उच्च रक्तचाप, ग्यास्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने बिरामीको संख्या बढी देखिएको समितिले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *