इरानमा एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनको स्थायी समितिको बैठक

ram naam satya

राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनको स्थायी समितिको २९ सौं बैठक इरानको तेह्रानमा सम्पन्न भएको छ।
इस्लामिक रिब्पलिक न्यूस एजिन्सीले जनाए अनुसार, इरानको इस्लामिक संयुक्त पार्टीको संयोजनमा गरिएको सो बैठकमा एशियाका २५ वटा मुलुकका लगभग ४० राजनीतिक दलका १०० जना प्रतिनिधिहरू तथा केही क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूले भाग लिएका छन्।

बैठकमा सहभागीहरूले राजनीतिक दलले उग्रबादको सामना, दिगो विकासको कार्यान्वयनमा निर्वाह गर्ने भूमिका तथा सिल्क रोड सम्बद्ध मुलुकको राजनीतिक विकास, सांस्कृतिक र व्यापारिक आदानप्रदान लगायतका विविध विषयबारे बैचारिक आदानप्रदान गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *