इरानको आणविक सम्झौताको संरक्षण गर्न आह्वान

ram naam satya
इरानको आणविक समस्या सम्बद्ध सम्पूर्ण सम्झौता लागू भएको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले हिजो जनवरी सत्र तारिख आफ्ना प्रवक्ता स्टिफन डुजारिकमार्फत एउटा बक्तव्य प्रकाशित गर्दै इरानको आणविक सम्झौताको संरक्षण गर्न आह्वान गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त बक्तव्यमा भनिएको छ: इरानको आणविक सम्झौता इरानी आणविक योजनालाई शान्ति लक्ष्यको परिधिमा मात्र राख्ने सबैभन्दा राम्रो उपाय हुनुका साथै आणविक अप्रसार तथा कूटनीतिको महत्वपूर्ण प्रतिफल भएकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि योगदान गरेको विश्वास महासचिवले व्यक्त गर्नुभएको छ। महासचिवले के देख्नुभएको छ भने इरानले त्यो सम्झौता बमोजिम आणविक समस्या सम्बद्ध आफ्ना वचन-बद्धतालाई व्यवहारमा उतारेको कुरालाई अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीले धेरै पटकगरी निश्चित पारेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *