


इरान आणविक समस्या सम्बन्धी ६ वटा मुलुक अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन, जर्मनी र इरानले तेह्र तारिख अस्ट्रियाको भियनामा इरानी आणविक चौतर्फी संयुक्त सम्झौता समितिको दशौं सम्मेलन आयोजित भयो। यूरोपेली संघ बाह्य कार्य एजेन्सीका महासचिव हेल्गा मारिया स्चमिदले यस सम्मेलनको मुख्य संयोजन गर्नुभयो, अमेरिकी उपराज्य सचिव टम शाननोन, इरानका उपविदेश मन्त्री तथा रुस, बेलायत, जर्मनीका सम्बन्धित अधिकारी यस पटकको सम्मेलनमा सहभागी भएका थिए। चीनका परराष्ट्र मन्त्रालयका हतियार नियन्त्रण विभागका प्रमुख वाङ छुङ यस पटकको सम्मेलनमा सहभागी हुनुभयो।
प्रमुख वाङ छुङले चीनले इरानको आणविक समस्या सम्बन्धी चौतर्फी सम्झौताको कडा समर्थन गरेको बताउनुभयो। उहाँले हाल सम्झौता धेरै महत्वपूर्ण अवधिमा राखिएको भन्दै उहाँले छ वटा मुलुक र इरानले संयुक्त प्रयास गर्ने, प्रतिवद्धताको पालना गर्दै सम्झौताको पूर्णतया तथा गम्भीरताका साथ पालना गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले अराक गह्रौं जलरियाक्टर सुधार परियोजनाको अवस्थाबारे जानकारी दिनुभयो। उहाँले चीनले चौतर्फी सम्झौता तथा विभिन्न क्षेत्रको सहमति अनुसार अराक गह्रौं जलरियाक्टर परियोजनामा झन् ठूलो प्रगति हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

विभिन्न क्षेत्रले अराक गह्रौं पानी रियाक्टर परियोजनामा ठूलो सफलतालाई प्राप्त चीनद्बारा दिएको भूमिका उच्च मूल्याकन दिनुभएका छन्।

