इम्बाेस्ड नम्बर प्लेटको नाममा सरकारले कसरी जनता झुक्याउदै छ

इम्बाेस्ड नम्बर प्लेटको नाममा सरकारले कसरी जनता झुक्याउदै छ

ram naam satya

हामीले देख्दै र प्रयोग गर्दै अाएका नेपाली सवारीसाधनकाे नम्बरप्लेटकाे रंग राताेमा सेताे निजी, सेताेमा राताे सरकारी, कालाेमा सेताे भाडाको, पहेलोमा निलाे संस्थानको, निलाे अाधा र राताेअाधामा सेताे कुटनैतिक र निलाेमा सेताे कुटनैतिक नियाेगकाे भनेर चिन्दथ्याैं। अहिले ब्यवस्था परिवर्तनकाे निहुँ बनाएर इम्बाेस्ड नम्बर प्लेट जडान गर्ने नाममा इण्डियाकाे सवारीसाधनसँग ठ्याक्कै मिल्दोजुल्दो गरि नयाँ नम्बर बनाइएको छ।

अहिले वितरण गरिएको यो नम्बरप्लेट हेेरेर सर्वसाधारण नागरिकले कसरी कुन सवारीसाधन वा कस्तो अनि कसको सवारीसाधन भनेर कसरी छुट्याउन सक्छन् ? सबै इम्बाेस्ड नम्बर प्लेट आग्रेजीमा लेखिएकोले कम लेख पढ गरेको नेपाली जनताले त झन् यस्तो खाले नम्बर प्लेट हेरेको भरमा सवारी साधनको बर्गिकरण गर्नु फलामको चियुरा चपाउनु सरहको हने देखिन्छ।

नेपाल र इण्डियाबीच खुला सीमाना छ। जहिले जतिबेला पनि उताबाट अाएका सवारीसाधनले दुर्घटना गरेर भाग्न सक्छ। कसरी छुट्याउने कुन सवारीसाधनले दुर्घटना गर्याे भनेर? अाधुनिक समयानुकूल परिवर्तन गर्न चाहेको हो भने पनि किन साविककै रंग र प्रकारमा गरिएन र के कारणले गर्दा इण्डियन सवारीसाधनसँग मिल्दोजुल्दो बनाउने बाध्यता अाइपर्याे। सम्बन्धित निकाय बाट यसको स्पष्ट जवाफ जनता यति बेला जान्न चाहन्छ।

माथि हेर्नुस् त एउटा कारको इम्बाेस्ड नम्बर प्लेटमा स्टेट 3 लेखिएको छ। यो कुन देशको स्टेट हो? अर्को कुरा नेपालकाे राष्ट्रिय झण्डाकाे अपमान हुने गरि किन नम्बरप्लेटमा प्रयोग गरियो? यसबारेमा सम्बन्धित निकायसँग जनताले जवाफ माग्न ढिलाइ गर्नु हुँदैन।

देख्दा सामान्य लाग्ने भए पनि यो निकै ठुलो षड्यन्त्र रचिएको छ। कम्प्युटर प्रविधिको नाममा निजी सवारीसाधनबाट ३५००/-, भाडाको सवारीसाधनबाट ३२००/- र माेटरसाइकदबाट रु.२५००/- लिइएको छ। यसको छपाई नेपालमा गरिदैंन। नम्बर प्लेट बनाउन मात्र अरबाैं रुपैया इण्डिया जानेछ। स्वदेशमा नम्बर प्लेट बनाउने काम गर्दै अाएकाहरुकाे राेजगारी खाेसेर विदेशी पाेस्ने काम गरिएको छ। यो कसको स्वार्थमा हुँदैछ? यसप्रकारका सवारीसाधनकाे नम्बरको डाटा नियन्त्रण प्रविधि इण्डियासँग हुने भएपछि भाेलीका दिनमा सरकार विरोधी वा इण्डियन विरोधी देशभक्तलाई नक्कली नम्बर प्रयोग गरेको झुठो अाराेप लगाएर फसाउने र जनताको दृष्टिमा नराम्रो देखाउने लगाएतका घटना नहोला भनेर भन्न सकिदैन।

यसरी नेपाली सवारीसाधनकाे नम्बरप्लेट बनाउन सुझाव वा निर्देशन कसले दियो, त्यसको खोजी गरिनुपर्ने अहिलेको आवश्यकता बनिसकेको छ |

यो हामीले उठान गरेको विषयमा सम्बन्धित सबै नागरिक समुदाय सजग र सावधान हुन जरुरी छ। सरकारले यो कमजोरी अविलम्ब सच्याअाेस्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *