


आर्थिक सहयोग तथा विकास संगठनले अप्रिल सोह्र तारिख पैचिङमा पछिल्लो “चीनको आर्थिक सर्वेक्षण” प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार, चीनको अर्थतन्त्रले चालू वर्ष र आगामी वर्षमा 6प्रतिशतभन्दा बढी वृद्धि गतिलाई निरन्तर रुपमा कायम राख्ने, चीन विश्वको आर्थिक वृद्धिको मुख्य शक्ति निरन्तर रुपमा बन्ने अनुमान गरिएको छ।
आर्थिक सहयोग तथा विकास संगठनले सार्वजनिक गरेको सन् 2019को “चीनको आर्थिक सर्वेक्षण” प्रतिवेदनले चीनको आर्थिक वृद्धि गति सुस्त बनेको कारण गहिरो रुपमा विश्लेषण गरेको छ। यसका साथै उक्त प्रतिवेदनले चीनको अर्थतन्त्रले भावी वृद्धि गुणस्तरलाई माथि उकास्ने प्रस्ताव प्रस्तुत गरेको छ।

आर्थिक सहयोग तथा विकास संगठनका उप महासचिव लुड्गर सुक्नेटले उक्त प्रतिवेदन सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा भाग लिनुभयो। उहाँले चीनको सामु गम्भीर आन्तरिक र बाह्य चुनौती देखापरेको भन्दै चीनको नीतिले अर्थतन्त्रलाई राम्रोसँग संचालन हुन प्रत्याभूति गर्नुपर्ने कुरा बताउनुभयो।
