आमनिर्वाचनपछिको नेपालको राजनीतिक परिस्थितिबारे विश्लेषण

ram naam satya
हालै नेपालले नयाँ सँविधानको तर्जुमा गरेपछि पहिलो राष्ट्रिय आमनिर्वाचनको आयोजना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले तथा नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट गठित बामपन्थी गठबन्धनले अत्याधिक मत प्राप्त गरेको छ। जानकारी अनुसार, आगामी वर्षको प्रारम्भमा नयाँ सरकारको स्थापना गरिनेछ। यस पटकको आमनिर्वाचनमा जनसहभागिता उच्च रहेको थियो। हाल सामाजिक परिस्थिति पनि स्थिर रहेको छ।

चीनले नेपालको स्थिरता तथा नेपालको आर्थिक विकासको समर्थन गर्दैआएको छ। चीनले आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने नीतिको अक्षरश पालना गर्दै आएको छ। नेपालले पनि चीनको यस धारणाको उच्च प्रशंसा गरेको छ।

हाल नेपालले नयाँ संविधान तर्जुमा गरिसकेको अवस्था छ र यसपछि पहिलो पटक पाँच वर्षसम्म सत्तामा रहने नयाँ सरकारको गठन हुनेछ। केही वर्ष यता चीन लगायत धेरै मुलुकहरुले नेपालमा ठूलो मात्राको लगानी लगाउँदैआएको छ। नेपालको परिस्थिति स्थिर भएमा तथा नेपालको नीति उचित भएमा नेपालको ठूलो विकास हुनसक्नेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *