

अफगानिस्तानको पूर्वी भागको नानागारहार प्रान्तको सरकारले हिजो डिसेम्बर 31 तारिख जनाएअनुसार हिजो सो प्रान्तको सदर मुकाम जलाल अबाद शहरमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणबाट12 जनाको मृत्यु हुनुका साथै 13 जना घाइते भएका छन्।
हालसम्म कुनै पनि संगठन वा व्यक्तिले सो आतंकवादी आक्रमणको जिम्मा लिएको छैन। सम्बन्धित सरकारी विश्लेषकका अनुसार “इस्लामिक स्टेट” संगठनका सदस्यले सो आक्रमण गरेको सम्भावना छ।
हाल अफगानिस्तानमा “इस्लामिक स्टेट” बाट आएका दश हजारभन्दा बढी सदस्य रहेको मानिन्छ। ती व्यक्तिहरु इराक र सिरियाबाट आएका हुन्।

