

आणविक अनुगमन स्टेशनको निर्माणमा हासिल गरेको उपलब्धि चीनले विश्वव्यापी रुपमा आणविक अप्रसारको प्रतिरक्षा मामिलामा आफ्नो वचन्बद्धताको पालना गर्ने नमूना हो। आणविक अप्रसारमा चीनले झन् झन् महत्वपूर्ण प्रभाव पारेको छ। वृहत् आणविक परीक्षण निषेध सन्धि संगठनका कार्यवाहक महासचिव लासिना चेर्बोले सिनह्वा समाचार समितिलाई दिनुभएको अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो।
भियनामा रहेको वृहत् आणविक परीक्षण निषेध सन्धि संगठन अर्थात सीटिबिटिओ “चौतर्फी आणविक परिक्षण निषेध सन्धि”अनुसार स्थापित आणविक अप्रसारको प्रतिरक्षा गर्ने महत्वपूर्ण परिपाटी तथा संगठन हो। जसले विश्वमा धेरै अनुगमन स्टेशनको निर्माण गरेर आणविक परिक्षणको अनुमन गर्ने जिम्मेवारी वहन गरेको छ।