आठौं चीन-मध्यपूर्वी युरोपेली मुलुकका नेताबीचको भेट-वार्ता

ram naam satya

स्थानीय समय अनुसार बाह्र तारिखका दिन चीनका प्रधानमन्त्री ली ख छ्याङ डुब्रोभ्निकमा आठौं चीन-मध्यपूर्वी युरोपेली मुलुकका नेताबीचको भेट-वार्तामा सहभागी हुनुभयो। मध्यपूर्वी युरोपेली मुलुकका सोह्र देशका नेताहरू पनि यो भेट-वार्तामा सहभागी भएका छन्। क्रोयशियाका प्रधानमन्त्री अन्ट्रेज पलेनकोविकले यो भेट-वार्ताको अध्यक्षता गर्नुभयो। भेट-वार्तामा ग्रीस पनि औपचारिक सदस्य “16+1 सहयोग”मा सहभागी भयो।

सम्मेलनमा प्रधानमन्त्री ली ख छ्याङले सम्बोधन गर्नुभयो। उहाँले”16+1 सहयोग” गत वर्ष हासिल उपलब्धीबारे जानकारी दिनुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिनफिङले त्यसअघि युरोपका तीन वटा मुलुकको भ्रमण गर्दै चीन र युरोपबीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धमा नयाँ शक्ति थपेको बताउनुभयो। उहाँले “16+1 सहयोग” चीन-युरोप सम्बन्धको महत्वपूर्ण भाग भएको चर्चा गर्नुभयो।

प्रधानमन्त्री लीले “16+1 सहयोग”को आगामी समयको विकासबारे केही सुझाव प्रस्तुत गर्नुभयो। उहाँले बहुपक्षीय व्यापार प्रणालीको संयुक्त सुरक्षा, व्यापार परिमाणको अझ विस्तार, “एक पेटी एक मार्ग” सहयोगको सबलीकरण, सिर्जना सहयोगमा ठूलो शक्तिको विकास, स-साना व्यवसाय र उद्योग पार्कको सहयोगको सबलीकरण तथा मानवीय साँस्कृतिक आदान-प्रदान गहन रुपमा बढाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो।

यो भेट-वार्तामा सहभागी भएका मध्यपूर्वी युरोपेली नेताहरुले “16+1 सहयोग” प्रणाली निर्माणपछि मध्यपूर्वी युरोपेली मुलुक र चीन बीचको व्यवहारिक सहयोगमा धेरै सफलता प्राप्त गरेको बताए। उनीहरूले “16+1 सहयोग” सम्बन्धी परियोजनालाई छिटै कार्यान्वयन गर्नुपर्ने भन्दै विभिन्न क्षेत्रको सहयोग सबल पारिने आशा व्यक्त गरे।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *