आज १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

ram naam satya

आज १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदै छ। महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चका दिन यो दिवस मनाउने गरिन्छ। नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो। यस वर्ष दिवसको अवसरमा ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नारा तय भएको छ।

सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्षको ८ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो। सन् १९५७ मा अमेरिकाकका श्रमिक महिलाले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको मागसहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै यस दिवसले महिलाको सर्वाङ्गीण विकासका साथै उनीहरुको आवश्यकताका लागि सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्नु आजको आवश्यकता देखिएको बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *