“आजको चीन” कला सप्ताह नयाँ दिल्लीमा शुरु

“आजको चीन” कला सप्ताह नयाँ दिल्लीमा शुरु

ram naam satya
फेब्रुअरी एक तारिख “आजको चीन” कला सप्ताहअन्तर्गत क्वाङङ चौ ब्यालेट नृत्य टोलीको प्रदर्शन भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको छ। भारतका लागि चिनियाँ राजदूत लो चाउ व्है र श्रीमती च्याङ यी ली, भारतीय साँस्कृतिक सम्बन्ध परिषदका प्रमुख ताई रुई स, भारतका लागि विभिन्न मुलुकका राजदूत तथा नयाँ दिल्लीको विभिन्न क्षेत्रका व्यक्तिलगायत एक हजार पाँच सय जनाले उक्त प्रदर्शनको अवलोकन गर्नुभएको छ।

राजदूत लोले सम्बोधन गर्दै यस पटकको ब्यालेट नृत्य प्रदर्शन “आजको चीन” कला सप्ताहले भारतमा देखाउने पहिलो कार्यक्रम रहेको बताउनुभयो। उहाँले चीनको ब्यालेट भारतको मञ्चमा प्रदर्शन गरिएको यो पहिलो पटक रहेको पनि उल्लेख गर्नुभयो। चीनको ब्यालेट नृत्व भारतमा प्रदर्शन गर्नुपर्ने उद्देश्य चीन र भारतको साँस्कृतिक आदान-प्रदानलाई बढाउनु, विश्वलाई चीनको सँस्कृतिको बहुपक्षीकरण देखाउनु, तेस्रो, विश्वलाई चीनले बाहिरीय उत्कृष्ट सँस्कृति सिकाउनु र सांस्कृतिक आदानप्रदान गर्नु रहेको पनि उहाँले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *