

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामीनले 21 तारिख बेलुकी सन् 2018 संसदको पहिलो सम्मेलनमा बोल्दै माल्दिभ्सले आगामी पाँच वर्षमा पर्यटनआदि क्षेत्रहरूमा 3 अर्ब 40 करोड अमेरिकी डलर वैदेशिक लगानी भित्र्याउने कुरा बताउनुभएको छ।
यामीनले विगत एक वर्षमा माल्दिभ्स सरकारले धेरै मुलुकहरूबाट माल्दिभ्समा पर्यटन क्षेत्रको लगानीका लागि चालीस वटा निवेदन पाएको र लगानीको कुल रकम करीब 1 अर्ब 60 करोड अमेरिकी डलर भएको कुरा बताउनुभयो।

यामीनले हाल माल्दिभ्स सरकारले विश्व बैंक, एशियाली विकास बैंक र धेरै मुलुकका आयात-निर्यात बैंकहरूसँग राम्रो सम्बन्ध कायम राखेको र यो माल्दिभ्सको आर्थिक विकासका लागि हितकर हुने कुरा बताउनुभयो।
यसका साथै यामिनले माल्दिभ्स सरकारले सामाजिक सुरक्षा र स्थिरता पुनःशुरु गर्ने प्रतिवद्धता गर्नुभयो।

