

प्रधानमन्त्री केपी शर्मा अाेली नेतृत्वको सरकारले थप चारजना मन्त्रीलाई पाएको छ। अाज दिउँसो थपिएकाहरुमा गृहमन्त्री मन्त्री रामबहादुर थापा ‘बादल’, रक्षामन्त्री ईश्वर पाेखरेल, उद्योग, वाणिज्य तथा अापूर्तीमन्त्री मातृका यादव, र अर्थमन्त्री डा युवराज खतिवडा रहेका छन्।
थपिएका मन्त्रीले अाजै विधिवत सपथ ग्रहण गरेका छन्। अर्थमन्त्री डा. युवराज खतिवडालाई छ महिनाभित्र मनाेनित गर्ने गरि अाज अर्थमन्त्रीकाे सपथ ख्वाइएकाे हो।

