अाँधीमा पीडित फिलिपिन्सलाई चीनको सहयोग आश्वासन

ram naam satya
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई सन्देश पठाई उष्ण कटिबन्धको आँधी “लिब्रा”बाट फिलिपिन्समा ठूलो मानवीय हताहती तथा धन क्षति भएकोप्रति सहानुभूति व्यक्त गर्नुभएको बताउँदै चीनले फिलिपिन्सलाई सक्दो उद्धार र सहयोग गर्ने इच्छा लिएको व्यक्त गर्नुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उष्ण कटिबन्धको आँधी “लिब्रा” हाल फिलिपिन्सको मिन्दानाउ टापुमा पुगेको छ जसबाट बाढी, पैरो, भग्नावशेष पहिरो आदि प्रकोप गएको छ। त्यसबाट हालसम्म दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ भने 159 जना बेपत्ता भएका छन् साथै सत्तरी हजारभन्दा बढी मानिस घरवाविहीन भएका छन्। प्रवक्ता ह्वाले फिलिपिन्स सरकारको नेतृत्वमा प्रभावितहरूले अफ्ठ्यारोको सामना गरी घरआवासको पुनःनिर्माण गर्नसक्ने विश्वास चीनले लिएको पनि बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *