अमेरिकी हेलिकप्टरको गलत आक्रमणबाट सात इराकी प्रहारीको मृत्यु

ram naam satya
इराकको सुरक्षा विभागबाट प्राप्त समाचार अनुसार इराकको पश्चिमी भागमा पर्ने अल अन्बरका प्रहरी यसै 27 तारिख अमेरिकी सेनाको हेलिकप्टरको गलत बम आक्रमणमा परेका छन्र । जसबाट सात जनाको मृत्यु हुनुका साथै अन्य दश जना प्रहरी घाइते भएका छन्।

अल अन्बर प्रान्तका प्रहरी पक्षबाट जनाइएअनुसार इराकी सरकारी सेनाले हिजो बिहान सबेरै यस प्रान्तको बाघ्दादी क्षेत्रमा आकस्मिक प्रहार गरेको थियो ।

यस क्षेत्रमा तैनाथ एक इराकी प्रहरीले यो प्रहारको गतिविधि सम्बन्धित सूचनाबारे जानकारी नभएको हुनसक्ने अवस्थामा सरकारी सेनालाई सूचित गर्न तोप पड्काएका थिए। तत्पश्चात् बाघ्दादी क्षेत्रको प्रहरी पक्षका जिम्मेवार व्यक्ति सलाम अल ओबैदी तुरुन्तै तत्स्थान पुगेका थिए तर उनको नेतृत्वमा रहेको टोली यस घटनास्थल नजिकै पुग्दा अमेरिकी हेलिकप्टरको आक्रमणमा परेको थियो । जसबाट सात जनाको मृत्यु हुनुका साथै 10 जना घाइते भएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *