

(GMT+08:00) 2017-11-30 16:17:59
केही समयअघि अमेरिकी वाणिज्य मन्त्रालयले चीनबाट आयातित एल्युमिनियम प्लेटका लागि एन्टी डम्पिङ र काउन्टरभेलिङ जाँचबुझ गरेको छ। यो 25 वर्षमा आफ्नो उद्योगको अनुरोध नभएको आधारमा आफैले सक्रिय रुपमा गरेको एन्टी डम्पिङ र काउन्टरभेलिङ जाँचबुझ हो। चिनियाँ वाणिज्य मन्त्रालयअन्तर्गत व्यापारिक राहत व्यूरोका प्रमुख वाङ्ग हले 29 तारिख यस्तो व्यापारिक सुरक्षा प्रवृत्तिप्रति चीनको कडा असन्तोष रहेको टिप्पणी गर्नुभएको छ।उहाँका अनुसार, अमेरिकाले आफ्नो उद्योगको अनुरोधअनुसार नभई एन्टी डम्पिङ र काउन्टरभेलिङ जाँचबुझ गरेको हो। यो अमेरिकाको इतिहासमा र विश्वव्यापी रुपमा ज्यादै कम भएको देखिन्छ। अमेरिकाको गतिविधिले डब्लुटिओका सदस्य मुलुकका लागि खतरा र बेफाइदाजनक नमूना देखाएको छ। यसप्रति चीनले कडा असन्तोष व्यक्त गरेको छ।
