

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले पन्ध्र तारिखका दिन वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक टेलिफोन वार्ता गर्दै चीनबारे छलफल गरेको जानकारी दिनुभएको छ। कार्टरले चीन अमेरिकाभन्दा राम्रो हुनेबारे राष्ट्रपति ट्रम्पलाई धेरै चिन्ता लागेको पनि बताउनुभयो। कार्टरले विश्व इतिहासमा अमेरिकाले युद्धलाई धेरै समर्थन गर्ने मुलुक भएको तर चीनले युद्धमा कुनै पैसा बर्बाद नगरेको बताउनुभयो।
हालै अमेरिकी विदेश मन्त्री माइक पोमपेओको प्रतिनिधित्वमा रहेका केही अमेरिकी राजनीतिज्ञहरुले चीनमाथि हिलो छ्याप्ने गरेका छन्। तर अमेरिकी पूर्व राजनीतिज्ञहरुले कार्टरको रणनीतिक दृष्टिमा उच्चस्तरीय जिम्मेवारी देखिएको पनि बताउँछन्।

हामीले ट्रम्पको चिन्ताबारे बुझ्नसक्छौं, लामो समयदेखि अमेरिका विश्व अर्थतन्त्रको पहिलो स्थानमा रहेको छ। हाल चीनको अर्थतन्त्र समग्र नब्बे खर्ब चिनियाँ युआन रहेको विश्वको दोस्रो स्थानमा छ। अमेरिकाको चिन्ता झन् गम्भीर छ। चीनद्वारा विपक्षी अमेरिकी केही राजनीतिज्ञहरुको समर्थनमा अमेरिकाले आफ्नो ठूलो मुलुकको जिम्मेवारीलाई बिर्सेका छन्। चीनलाई प्रतियोगीको रूपमा लिएका छन् र चीनसँग व्यापार युद्ध सुरुवात गरेका छन्।
तर एक वर्षभन्दा बढी चीन र अमेरिकाबीच सम्बन्ध प्रक्रियामा परिवर्तन आएपनि अमेरिकाको यस गतिविधिले इच्छाइएको परिणाम प्राप्त हुन सकेको छैन। यसका विपरीत पूर्व राष्ट्रपति कार्टरले अमेरिकी समृद्धिका लागि चीन धेरै महत्वपूर्ण रहेको बताउँदै यदि चीनसँग राम्रो सम्बन्ध नराख्ने हो भने दुवै मुलुकलाई हानि हुनसक्ने धेरै पटक चेतावनी दिनुभयो। गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् 2019 अमेरिकी आर्थिक वृद्धि दर 2.3 प्रतिशतले घटेको जनाएको छ, यो त्यस अघिको तुलनामा 0.2 प्रतिशतले कम हो तर अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् 2019 चीनको आर्थिक वृद्धि दर 6.3 प्रतिशतले बढेको र जुन यसअघिको तुलनामा 0.1 प्रतिशतले बढी भएको जनाएको छ। सोप्रति अमेरिका सरकारले धेरै चिन्ता व्यक्त गरेको छ।

अमेरिका कसरी “फेरि महान” बन्नेछ?पूर्व राष्ट्रपति कार्टरले अमेरिकाले युद्धको भावना नराख्ने र आफ्नो देशको आधारभूत प्रबन्धको निर्माणमा लगानी गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो।
एकाधिकारवाद, एकपक्षीयतावाद, शक्तिको राजनीति हटाउने, जनताको हितको आधारमा आफ्नो प्रतिस्पर्धा शक्तिलाई बढाउने हो भने अमेरिका फेरि एक पटक ठूलो मुलुक बन्ने आधारभूत उपाय भएको पनि उहाँले सुझाव दिनुभयो।
