अमेरिकी राष्ट्रपतिद्वारा माइक पोम्पेओलाई परराष्ट्र मन्त्री नियुक्त

ram naam satya

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च तेह्र तारिख अमेरिकी केन्द्रीय जासूसी संस्था अर्थात् सी.आई.ए.का निर्देशक माइक पोम्पेओलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नु भएको छ। उहाँले तत्कालीन परराष्ट्र मन्त्री रेक्स टिल्लेरसनलाई हटाएर माइकलाई नियुक्त गर्नु भएको हो।

ट्रम्पले सोही दिन विहान सामाजिक सञ्जाल सञ्चार-माध्यम ट्विटरमा उक्त निर्णयको घोषणा गर्नुभएको हो।

ह्वाइट हाउसले सार्वजनिक गरेको वक्तव्यमा ट्रम्पले विगत एक वर्षमा पोम्पेओबारे निकै जानकारी लिनुभएको र परराष्ट्र मन्त्री सम्हाल्न सही व्यक्ति भएको ठहर लिनुभएको कुरा उल्लेख गर्नु भएको छ।

पोम्पेओले एक वक्तव्यमा ट्रम्पको मनोनयनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले परराष्ट्र मन्त्रालयलाई ट्रम्पको कुटनीतिक नीति कार्यान्वयनको नेतृत्व गर्ने पनि बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *