अमेरिकी रक्षा प्रतिवेदनमा चीनको प्रतिक्रिया

ram naam satya
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकाले शीतयुद्धको विचार त्यागेर वर्तमान विश्व र चीन-अमेरिका सम्बन्धमा सही विचार राख्नसक्ने आशा चीनले लिएको व्यक्त गर्नुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरा बताउनुभएको हो। अमेरिकाले सन् 2018 रक्षा रणनीति प्रतिवेदन सार्वजनिक गर्दै चीनमाथि धेरै आलोचना गर्दै अमेरिकाको सट्टा आफूले विश्वमाथि शासन गर्ने चीनको रणनीतिक उद्येश्य रहेको विचार व्यक्त गरेको छ। त्यसको प्रतिक्रियामा प्रवक्ता ह्वाले अमेरिकी उक्त प्रतिवेदनले शीतयुद्धको विचार लिएर जथाभावी रुपमा चीनको रक्षा तथा कूटनीतिकलाई गलत रूपमा बुझाएर ठूलो मुलुकको रणनीतिक प्रतिष्पर्धालाई अतिरञ्चित गरेको छ र यो नै मौलिक गल्ती हो भन्ने कुरा उल्लेख गर्नुभयो। शान्तिपूर्ण विकासको बाटो, रक्षात्मक राष्ट्रिय नीतिमा चीन अडिग रहेको छ। साथै विश्व शान्तिको स्थापक, विश्व विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षक चीन भइरहेको छ भन्दै यसमा अन्तर्राष्ट्रिय समूदाय पनि रहेको उहाँले दोहोर्‍याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *