

चीनले अमेरिकी नयाँ विदेश मन्त्रीसँगै आपसी सम्बन्धलाई अझ स्वस्थ र स्थिर रूपमा अघि बढाउने आशा लिएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज मार्च १४ तारिख बताउनुभएको छ।
प्रवक्ता लुले केही महत्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा चीन र अमेरिका बीच सहयोग गर्नु दुवै पक्षको हितसँग अनुकूल रहेको भन्दै अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग पनि मेल खाएको बताउनुभयो। चीनले अमेरिकासँगै सहयोग गर्दै जाने इच्छा लिएको पनि लुले स्पष्ट पार्नुभयो।

प्रवक्ता लुले मार्च १४ तारिख आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनु भएको हो।
