अमेरिकाले निष्पक्ष र विवेकपूर्ण रुपमा चीनसँग व्यवहार गर्ने चीनको आशा

ram naam satya
अमेरिकाका लागि चिनियाँ राजदुताबासले हिजो जनवरी उन्नाईस तारिख अमेरिकाले सोही दिन जारी गरेको “राष्ट्रिय रणनीतिक प्रतिवेदन”मा चीनसँग सम्बन्धित रहेको विषयमा अमेरिकाले विश्व प्रवाह र जनताको साझा इच्छा बमोजिम निष्पक्ष र विवेकपूर्ण रुपमा वर्तमान विश्व तथा चीन-अमेरिका सम्बन्धको व्यवहार गर्नसक्ने आशा व्यक्त गरेको छ।

वर्तमान विश्वमा शान्ति र विकास दुवै युगको मुख्य विषय हुनुका साथै मानव जातिको साझा शुभेच्छा हुने कुरामा दूताबासले जोड दिएको छ। दूताबासका अनुसार, चीन विश्व शान्तिको निर्माता, सारा विश्व विकास हुने योगदानदाता र अन्तर्राष्ट्रिय परिपाटीको संरक्षक पनि हो। चीनले शान्तिपूर्ण विकास हुने बाटोमा डटिरहनुका साथै दृढताका साथ आपसी हितयुक्त र साझा जित हुने वैदेशिक खुल्लपन रणनीति अपनाउँदै आएको छ। विश्व शान्ति र स्थिरताको संरक्षण गर्ने तथा सारा विश्वको विकास र समृद्धिलाई अघि बढाउने सम्बन्धमा चीन र अमेरिका दुवै देशले महत्वपूर्ण कर्तव्य बहन गर्दै जाने कुरा पनि दूताबासले औँल्याएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *