अमेरिकामा वार्ता गर्न चिनियाँ टोली तयारीमा

ram naam satya

अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै आपसी सम्मानताको आधारमा दुवै पक्षका लागि हितकर र साझा बिजयी हुने सम्झौता गर्न कोशिश गर्ने आशा चीनले लिएको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले आज मे ६ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभएको हो। अमेरिकामा वार्ता गर्न चिनियाँ टोली तयारीमा रहेको जानकारी दिँदै प्रवक्ता कङले सो कुरा बताउनु भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार मे ५ तारिख मे १० देखि अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबर चिनियाँ उत्पादित वस्तुमाथि वर्तमान चलिरहेको १० प्रतिशतको भन्सार करबाट २५ प्रतिशतसम्म बढाउने जनाउनुभयो। यसबारे चर्चा गर्दै प्रवक्ता कङले यस्तो अवस्था पहिले पनि धेरै पटक भएको र यसप्रति चीनको अडान र धारणा निकै स्पष्ट रहेको बताउनुभयो। वर्तमान जरूरी काम भनेको अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै दुवै पक्षको लागि हितकर र साझा बिजयी हुने सम्झौता गर्न कोशिश गर्ने आशा चीनले लिएको छ। यो चीनको मात्र होइन अमेरिकी हितसँग पनि अनूकुल भएको र अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग पनि मेल खाएको ठहर प्रवक्ता कङले गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *