

अमेरिकाले चीनबाट आयात गर्ने सामानमा २ खर्ब अमेरिकी डलर बराबरको भंसार करलाई १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढाएपछि चीनले मे १० तारिख अमेरिकाको सो कार्वाही सम्बन्धी वक्तव्य प्रकाशित गरेको छ। सो वक्तव्यमा अमेरिकाले यस्तो कार्वाही गरेकोमा चीनलाई अफसोस लागेको र चीनले बाध्य भएर जवाफी कदम चाल्ने जनाएको छ। ११ औं चीन-अमेरिका आर्थिक उच्चस्तरीय वार्ता हालै अमेरिकी वासिङ्टनमा चलिरहेको छ। अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै साझा प्रयासमार्फत सहयोग तथा छलफल तवरले विद्यमान समस्याको समाधान गर्ने आशा चीनले लिएको सो वक्तव्यमा उल्लेख गरिएको छ।