अमेरिकाद्वारा काेरियाका सर्वोच्चसँग सशर्त वार्ताको प्रस्ताव

ram naam satya
 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो जनवरी छ तारिख उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग सशर्त वार्ता आयोजना हुने बताउनुभयो। उहाँले अमेरिकाले आउने नौ तारिख दक्षिण कोरिया र उत्तर कोरियासँग आयोजना हुने वार्ताको कडा समर्थन गर्नुका साथै यो वार्तामा ओलम्पिक खेलकुद बाहेक अरु विषय छलफल हुने आशा पनि व्यक्त गर्नुभयो।

        पाँच तारिख दक्षिण कोरियाको एकीकरण विभागका अनुसार, उत्तर कोरियाले नौ तारिख फान्मुन्जोन दक्षिण कोरिया पक्षको “शान्ति भवन”मा दक्षिण कोरिया र उत्तर कोरिया बीच उच्चस्तरको वार्ता आयोजना हुने भएको छ। वार्तामा दक्षिण कोरियाको प्योङछ्याङ हिउँदे ओलम्पिक खेलकुद लगायत दक्षिण कोरिया र उत्तर कोरिया बीचको सम्बन्ध सुधार गर्ने समस्याबारे छलफल हुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *