अमेरिकाको नाकाबन्दीप्रति भेनेजुएलाको निन्दा

ram naam satya
  भेनेजुएलाले हिजो जनवरी पाँच तारिख एक वक्तव्य सार्वजनिक गर्दै अमेरिकाले भेनेजुएलाका पदाधिकारीलाई लक्षित प्रतिबंध गरेकोमा कडा निन्दा गरेको छ।

        सो वक्तव्यका अनुसार अमेरिकी सरकारले भेनेजुएलाका पदाधिकारीका लागि गरेको बढ्दो प्रतिबंध अबैध र एकपक्षीय भएको र यसले अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रको महासन्धिलाई गम्भीर उल्लङ्घन गरेको छ। अमेरिकाले भेनेजुएलामाथि गरेको आर्थिक नाकाबन्दीबाट भेनेजुएलामा आयातित खाने कुरा र औषधि आदि क्षेत्रमा ठूलो अभाव सिर्जना गरिदिएको छ।

सो वक्तव्यले भेनेजुएलाका लागि अमेरिकी राजदूताबासले लगातार भेनेजुएलाको प्रजातन्त्र र सामाजिक स्थिरतालाई ध्वस्त पार्ने षढयन्त्र गरेको भन्दै निन्दा पनि गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *