अमेरिकाको जेरुसलेमको स्थान फेर्ने निर्णय राष्ट्रसंघमा विफल

ram naam satya
राष्ट्रसंघले 21 तारिख आपतकालीन बैठक बोलाएर मतदानमार्फत् जेरुसलेम सम्बन्धी निर्णय तय गरेको छ। उक्त निर्णयका अनुसार, जेरुसलेमको स्थान परिवर्तन गर्ने निर्णय र गतिविधि अवैध ठहर गर्दै रद्द गर्नुपर्छ। जेरुसलेमको अन्तिम स्थान प्यालेष्टाइन र इजरेलद्वारा प्रत्यक्ष वार्तामार्फत् समाधान गर्नुपर्ने निर्णय-पनि राष्ट्रसंघले दोहोर्‍याएको छ।

प्राप्त जानकारीअनुसार, बैठकमा १२८ मत पक्षमा र ९ मत विपक्षमा खसेको थियो भने ३५ मत अनुपस्थित थिए।

राष्ट्र संघीय महाधिवेशनले 21 तारिख उक्त निर्णयमार्फत विभिन्न पक्षसँग प्रयास र समर्थनद्बारा वर्तमानको प्रवृत्तिमा सुधार गर्न आह्वान गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *