

अमेरिकाले हिजो दुई तारिख”हेल्म्स बर्टन अधिनियम”तेस्रोको सम्पूर्ण विषय लागू गर्न थालेको छ। यसप्रति युरोपेली संघले अफसोस व्यक्त गर्दै सबै उपयुक्त कदमले यस ऐनबाट ल्याइने प्रभावको समाधान गर्न अपील गरेको छ।
युरोपेली संघका उच्चस्तरीय कूटनीतिज्ञ तथा सुरक्षा नीति प्रतिनिधि फेडेरिका मोघेरिनीले दुई तारिख युरोपेली संघको तर्फबाट वक्तव्य प्रकाशित गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अमेरिकाको उक्त गतिविधिले सन्1997 र सन्1998 युरोप अमेरिका सम्झौतामा गरिएको वचनको उल्लङ्घन गरेको छ जसबाट एटलान्टसक साझेदारी सम्बन्धमा अनावश्यक विवाद खडा गरेको छ।

“हेल्म्स बर्टन अधिनियम”को तेस्रो विषय बमोजिम सन्1959 क्यूबा क्रान्ति सफल भएपछि केही अमेरिकी कम्पनी र व्यक्तिको सम्पत्ति क्यूबा सरकारले राखेको थियो। अमेरिकी नागरिकले अमेरिकी अदालत समक्ष यी सम्पत्ति प्रयोग गरेका क्यूबाका समूह र यी समूहसँग आर्थिक तथा व्यापारिक आदानप्रदान गरेका विदेशी कम्पनीविरूद्ध अभियोग लगाउने अधिकार छ। यस ऐनको तेस्रो विषयले अमेरिका र अन्य मुलुकबीचको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने चिन्ता लिँदै सन् 1996 यता अमेरिकी राष्ट्रपतिहरुले उक्त विषयको प्रयोग रोकेको देखिन्छ।
