अबको चार महिनासम्ममा नेपालले अर्डर गरेका दुईवटा रेल नेपाल आइपुग्ने

ram naam satya

अबको चार महिनासम्ममा नेपालले अर्डर गरेका दुईवटा रेल नेपाल आइपुग्ने भएका छन्। रेल विभागका महानिर्देशक बलराम मिश्रले ५ महिनाभित्रै नेपालीले आफ्नो रेल चढ्न पाउने अवस्था आउने बताउनुभयो। महानिर्देशक मिश्रका अनुसार नेपालका तर्फबाट भारत सरकारसमक्ष रेलको अर्डर गइसकेको छ। भारत सरकारले आफ्नो देशको रेल बनाउने सरकारी कम्पनीलाई पनि त्यसबारेमा कुरा गरिसकेको छ।

बाह्रखरी अनलाइनका अनुसार पहिलो रेल बनेको १ महिनाभित्रमा दोस्रो रेल बनाइसक्ने कम्पनीको प्रतिबद्धता छ। पहिलो बन्न भने ३ महिना लाग्ने नेपाललाई जानकारी दिइएको छ। दुईवटा रेल खरिदका लागि ८५ करोड रुपैयाँको जोहो भइसकेको छ। रेल लिने बेलामा नै सो रकम दिने हो। ५ सय सिटका ती रेलमा उभिएर १ हजार ३ सयसम्म मानिस यात्रा गर्न सक्नेछन्। नेपालले खरिद गर्न लागेको रेल ‘डेमु’ अर्थात् डिजेल इलेक्ट्रिक मल्टिपल युनिट हो।

नेपालले अहिले खरिद गर्नका लागि अर्डर गरेका रेल भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो रेल मार्गमा चलाउन लागिएको हो। त्यहाँ ब्रोडगेज रेल चल्नेछ । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ। पछि त्यसलाई विस्तार गरेर कुल ५२ किमी बनाइने कार्यक्रम छ। राणा शासन कालमा न्यारो गज रेलवे बृटिश सरकारले सन् १९७२ मा बनाइदिएको थियो। ३९ किमी लामो सो रेलले भारतको रक्सौल र नेपालको अमलेखगञ्जलाई जोडेको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *