

सी चिन फिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार गोष्ठी एवं “सी चिन फिङ-चीनको शासन व्यवस्था” को पुस्तकको दोस्रो भाग प्रकाशन सम्बन्धी सम्मेलन हिजो डिसेम्बर ७ तारिख दक्षिण अफ्रिकाको राजधानी केप टाउनमा आयोजित भयो। दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूताबास तथा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो प्रकाशन गृह –स्वतन्त्र सञ्चार माध्यमले सँयुक्त रुपमा “घनिष्ठ रुपमा एकता गरौं, सँयुक्त रुपमा समृद्धिको निर्माण गरौँ” विषयक यस गोष्ठीको आयोजना गरेका हुन्।
दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूत लिन सुङ थेन, दक्षिण अफ्रिकाको राष्ट्रिय संसदका अध्यक्ष फरोलिकले सो गोष्ठीमा मन्तव्य दिनुभयो।

सी चिन फिङद्वारा प्रस्तुत “बेल्ट र रोड”को निर्माण तथा नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना तथा मानवहित लक्षित समूदायको स्थापना गर्ने महत्वपूर्ण प्रस्तावले अझ उज्यालो विश्वको निर्माणका लागि ठूलो उत्प्रेरित बल पुर्याएको ठहर गोष्ठीमा सहभागी भएकाहरुले गरेका छन्।
