

संयुक्त राष्ट्र संघका लागि चीनको स्थायी प्रतिनिधिमण्डलका कार्यवाहक राजदूत उ हाई थाउले हिजो जनवरी उन्नाईस तारिखै विभिन्न पक्षले “बेल्ड एण्ड रोड इनिसिएटिभ बीआरआई” प्रस्ताव र अरु क्षेत्रीय आर्थिक व्यापारिक सहयोगमार्फत अफ्गानिस्तान र मध्य एशिया क्षेत्रको आर्थिक विकास र क्षेत्रीय सहयोगलाई अघि बढाउन ताकिता गर्नुभएको छ।
सोही दिन कार्यवाहक राजदूत उले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अफगानिस्तान समस्यामा आयोजित मन्त्रीस्तरीय सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय समाजले अफगानिस्तानलाई उद्धार गर्ने वचन-बद्धतालाई सक्रिय रुपमा लागू गरेर अफगानिस्तानले आर्थिक सामाजिक विकास गर्न समर्थन दिनुपर्ने बताउनुभएको छ।
सुरक्षा परिषद् र संयुक्त राष्ट्र संघका सम्बन्धित निर्णय प्रस्तावको अनुसार, विभिन्न पक्षले सहयोगात्मक साझा विजय भावना लिएर मानवीय भाग्यको एकरुपताको निर्माण गरेर “बीआरआई” प्रस्ताव र अरु क्षेत्रीय आर्थिक व्यापारिक सहयोगमार्फत अफगानिस्तानको आर्थिक विकासलाई अघि बढाउनुपर्ने कार्यवाहक राजदूत उले औँल्याउनु भएको छ।
