अफगानिस्तानमा महिला लक्षित हिंसा रोक्न संयुक्त राष्ट्रसंघको आह्वान

ram naam satya
(GMT+08:00) 2017-11-26 15:37:49

        नोभेम्बर पच्चीस तारिख संयुक्त राष्ट्र संघले निश्चित गरेको “महिला हिंसा न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवस” हो।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघका सहायक प्रतिनिधि मण्डलले पच्चीस तारिख एउटा वक्तव्य प्रकाशित गर्दै अफगानिस्तानका महिला लक्षित हिंसात्मक व्यवहार हटाउनका लागि अफगानिस्तानका विभिन्न पक्षले संयुक्त प्रयास गर्न आह्वान गरेको छ। वक्तव्यमा विकास, शान्ति र सुरक्षा आदि क्षेत्रमा अफगानिस्तानका महिलाहरुले आफ्ना निश्चित शक्ति र क्षमता निर्वाह गर्नका लागि महिलाहरु र केटी लक्षित हिंसाजन्य व्यवहार रोक्नुपर्ने उल्लेख छ।

अफगानिस्तान स्वतन्त्र मानवअधिकार समितिको प्रतिवेदनमा सन् 2017को पछिल्ला दश महिनाभित्र अफगानिस्तानभित्र 3 हजार 3 सय 78 वटा महिला हिंसाका घटना भएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *