

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले मार्च एक तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा अफगानिस्तानका विभिन्न समूहले सम्झौता-वार्तालाई सबल पारी छिटोभन्दा छिटो अफगानिस्तानको स्थायी शान्ति, स्थिरता र विकासलाई साकार तुल्याउनसक्ने आशा व्यक्त गर्नुभएको छ।
प्राप्त जानकारी अनुसार, अफगानिस्तानी राष्ट्रपति अशरफ घानीले अफगान सरकारले बिनाशर्त तालिवान संगठनसमक्ष युद्ध विराम, थुनामा रहेकाको रिहा, तालिवान संगठनका व्यक्ति लगायतको नयाँ निर्वाचन र संविधान संशोधन लगायत सम्झौता प्रस्तुत गरेको जानकारी दिनुभएको छ। ती सम्झौताको मुख्य उद्देश्य तालिवान कानुन अनुकूल संगठनको हैसियतले अफगानिस्तानको शान्ति प्रक्रियामा सहभागी हुने कुरालाई अघि बढाउनु रहेको छ।
