

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले खुलापन विस्तृत गर्ने चीनको कदम नै चीनको सुधार तथा खुलापन विकासको उद्येश्य चाहना आधारित स्वतन्त्र छनौट हो भन्ने कुरामा जोड दिनुभयो। उहाँले असल लगानी वातावरणको सिर्जना गरी चिनियाँ व्यवसाय, विद्यार्थी र विद्वानको समान रुपमा व्यवहार गरेर अन्तर्राष्ट्रिय आदान-प्रदान र सहयोगको न्यायिक तथा मैत्रीपूर्ण वातावरणको प्रदान गर्न विभिन्न मुलुकलाई आह्वान गर्नुभयो। सी चिन फिङले अझै खुला चीनले विश्वसँग राम्रो अन्तर्क्रिया गरी अझ प्रगति र समृद्ध चीन र विश्व ल्याउने व्यक्त गर्नुभयो।
