अन्तर्राष्ट्रिय सम्मानद्वारा नेपाली वैज्ञानिक सम्मानित

ram naam satya
  नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ। सर्लाहीमा जन्मिएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनु भएको थियो। हाल कुशवाहा भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालय पंतनगरमा आनुवंशिकी र बाली प्रजनन विषयमा विद्यावारिधि गर्दै रहनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

        कुशवाहाका हालसम्म चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उहाँले करिब एक दर्जन राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार पाइसक्नु भएको छ। केही समय पहिले नोभेम्बर २०१७ मा भारतमा भएको वैज्ञानिक सम्मेलनमा कुशवाहालाई वेस्ट पेपर अवार्ड पनि दिइएको थियो।

इ–लाइफ अन्तरराष्ट्रिय विज्ञान प्रकाशन समूह हो जसको प्रमुख कार्यालय बेलायतमा रहेको छ। इ–लाइफको प्रमुख सम्पादन नोवेल अवार्ड विजेता रन्डी स्चेक्मनले गर्छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *