अन्तर्राष्ट्रिय समाजद्वारा चीनको “दुई अधिवेशन”माथि ध्यानाकर्षण

ram naam satya

चीनका “दुई अधिवेशन” राजधानी पैचिङमा चलिरहेका छन्। यस वर्ष चीनको खुलापनको चालिसौं वार्षिकोत्सव हो भने चीनले 19औं महाधिवेशनको योजनाको पूर्ण कार्यान्वयन थालिएको पहिलो वर्ष पनि हो। त्यसैले यस वर्ष चीनका दुई अधिवेशन विश्वव्यापी रूपमा ध्यान दिइएको मुख्य विषय हो।

जापान अन्तर्राष्ट्रिय व्यापार लगानी अध्ययन केन्द्रका प्रधान अनुसन्धानकर्ता एरा नोरियोशिले जनताको जीवनमा धेरै सुधार गरेको भन्दै हालै चीनले उच्च गुणस्तरिय आर्थिक वृद्धि पच्छयाउने, आर्थिक वृद्धि दर कम तर गुणस्तरिय रहने उचित लक्ष्य भएको भन्नुभयो।

रुसी जनमैत्री विश्वविद्यालयका प्राध्यापक एवम् चीन मामिला सम्बन्धी विद्वान युरी तावरोवस्कीले विश्व आर्थिक पुनरुत्थानमा भएको मन्दीमा पनि चीनले भारी विकास गरेको बताउनुभयो। उहाँले चीनले आर्थिक स्थिर विकासका साथै जनजीवनमा स्पष्ट रुपमा सुधार आएको, गरिबी निवारणमा ठूला उपलब्धिहरु हासिल भएर वातावरणमा पनि स्पष्ट सुधार भएको बताउनुभयो।

केन्याको जुपिलि पार्टीका महासचिव राफेल तुजुले एक अर्ब तीस करोड जनता रहेको चीनको राजनीतिक प्रणालीले देशको स्थिरताको ग्यारेन्टी गरेको बताउनुभयो। केन्याले देशको शासन व्यवस्थाका लागि चीनको अनुभवबाट सिक्न चाहेको बताउँदै उहाँले आफ्नै राष्ट्रिय परिस्थितिमा उपयुक्त विकास मार्ग अन्वेषण गर्नुपर्ने औंल्याउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *