

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरु लगायतको झण्डै सय वटा भन्दा बढी स्टल रहने छन्। ती मध्ये करिब पचास प्रतिशत स्टलमा विदेशी कम्पनीहरुको सहभागिता रहनेछ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुले सहभागिता जनाउने भएका छन्। सीएमसी इटाली, भोइथ जर्मनी, क्रिष्टल भारत, भ्यापटेक बुल्गेरिया, माभेल चेक रिपब्लिक, सइिएससी चाइना लगायतका बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने निश्चित भएको आयोजनको भनाई छ । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदानगर्न एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ।

७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुर्याउने आयोजकको दाबी छ । एक्स्पोको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।
